Public Pana
वालेट मार्फत साउनमा २२ अर्बको भुक्तानी

नेपालमा भुक्तानी सेवा प्रदायक (वालेट) मार्फत भुक्तानी गर्नेको संस्कार बढ्दो क्रममा देखिएको छ ।

वालेट मार्फत २१ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० साउनको मासिक भुक्तानी प्रणाली सूचकमा देखिएको हो ।


असारमा २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो।

असारको तुलनामा साउनमा वालेट मार्फत हुने भुक्तानी १ अर्ब ५९ करोड रुपैयाँ आर्थत ७.८२ प्रतिशतले बढेको छ ।


भुक्तानी रकमसँग वालेट मार्फत हुने कारोबार संख्या पनि बढेको  । 


गतअसारमा वालेट म ार्फत २ करोड ८ लाख २२ हजार ८६१ पटक कारोबार भएको थियो । साउनमा वालेट मार्फत २ करोड २२ लाख ५ हजार ९४७ पटक करोबार भएको छ । असारको तुलनामा साउनमा कारोबार संख्या १३ लाख ८३ हजार ८६ पटकले बढेको छ ।


वालेट प्रयोगकर्ता १ करोड ९५ लाख ४० हजार ३०५ पुगेका छन् ।


सहज र सरल तरिकाबाट भुक्तानी गर्न सकिने भएकाले पछिल्लो समय नेपालमा वालेटको प्रयोग बढ्दो क्रममा छ ।


विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट निःशुल्क वालेटमा रकम लोड गर्न सकिने भएकाले पनि यसमा प्रयोगकर्ताको आकर्षण बढ्दो छ ।


मोबाइलमा वालेट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले रकम लोड गरेर मोबाइल टपअप, बिजुली तथा खानेपानीको बिल भुक्तानी, बीमा पोलिसी खरिद तथा नविकरण, अनलाइन भुक्तानी, राजश्व, जरिवाना लगायतको भुक्तानी गर्न सक्छन् । 


साथै बैंक खाता नहुनेहरुले पनि वालेटको प्रयोग गर्न सक्ने भएकाले प्रयोगकर्ताहरुको आकर्षण बढेको देखिन्छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update