Public Pana
हत्या अनुसन्धानमा पक्राउ परेका राई थुनामुक्त, निर्दोष रहेको प्रहरीको भनाई

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले हिरासतमुक्त गरेको छ ।

हत्यामा उनको सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी  सार्वजनिक गरिसकेको छ । 

गएको शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उहाँकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।
सामान्य विवादलाई लिएर भएको झगडापछि रिसिवी राखेका बोल्न नसक्ने भण्डारीले ४ जनाको सामूहिक हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update