Public Pana
राष्ट्रिय चलचित्र दिवस आज मनाइदै

चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको हो । 
 

शुरुवाती दिवसहरुमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रुपमा मनाउने अवधारणा रहे तापनि सुस्तरि असोज १ मा मात्र बिभिन्न कार्यक्रमहरु गरेर मनाउन थालियो ।
 

चलचित्र बिकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापीत संस्था हो जसको मुल उदेश्य चलचित्रको प्रर्वधन अनि चलचित्रकर्मीहरुको संस्थागत बिकास पनि रहेको छ ।
 

सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् ।
 

त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।
 

बिसं २०२१ मा चलचित्र आमा मा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन चन्दले नायक नायिकाका रुपमा कार्य गरेका हुन् ।
 

त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ ।
 

भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।
 

त्यसै गरि बिसं २०२४ मा हिजो आज र भोली अनि बिसं २०२८ मा परिवर्तन अनि मनको बाँध आदिजस्ता चलचित्रहरु आए । कहिले राते काँईला को त्रास अनि कहिले शंकर को साथ, कहिले ट्रक ड्राइभरको पिरती त कहिले बसन्तीको ईतिहास संगै नेपाली सिने जगतले रफ्तार लिँदै आयो । 
 

अहिले आएर कालो पोथी, निभ्न लागेको दियो, देश खोज्दै जाँदा आदिजस्ता बिश्वव्यापी जानसक्ने नेपाली चलचित्रहरु लाई कहिलेकाँही एरिक भ्यालीको क्याराभान अनि हनीहन्टर जस्ता छोटा तर मार्मिक भिडियोहरुले पनि धेरै सिकाएका हुन् ।
 

भारतीय दक्ष कलाकार अनि प्रविधी आयात गरेर बनाइने शुरुवाती नेपाली चलचित्रहरु अब ५० बर्ष पछिको अवस्थामा आफैंमा निर्भर र बिश्व गुणस्तरका हुन थालेका छन् । 


यसै क्षेत्रका अध्यन गरेर आएका अनि बुझेका नेपाली बिज्ञ अनि कर्मठ मष्तिष्क र हातहरुले क्यामरा अनि पर्दामा आफ्नो बाजी मारिरहेका छन् ।

केही तिता अनि केही मिठा अनुभव र उपलब्धीसंगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।
 

समाजको सही दृश्य अनि संवाद चलचित्रमा हृदस्पर्श गर्ने गरि आओस्
नेपाली चलचित्रलाई माया गरौं । 

 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update