Public Pana
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ ।

यससँगै चिकित्सक संघको स्वास्थ्य संस्था बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन् । 
 

नेपाल चिकित्सक संघले उठाएका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार आइतबार अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक संघका अध्यक्ष सहितका प्रतिनिधिहरु भएको वार्ताका क्रममा ६ बुँदे सहमति भएको हो । 
 

जसअनुसार मकवानपुरको सञ्चो अस्पतालमा डिउटीमा रहेका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरूलाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

हाल पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका ५ जना सहित अन्य दोषीहरूलाई कानुन बमोजिम बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको वार्ता समितिका संयोजक डा विकास देवकोटाले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update