Public Pana

नेपाली सेनाको आयोजनामा छैटौ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी कार्तिक ३ गते आयोजना हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क महाशाखाका महाशाखपति महासेनानी बिजय केसीले जानकारी दिनुभयो ।

उहाँले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी असोज १५ गतेसम्म टिम दर्ता गराउन पाउने समेत बताउनुभयो ।

दौड, साइक्लिङ र ¥याफ्टिङ समावेश हुने उक्त प्रतियोगिताको जम्मा दुरी ४३ दशमलव ७ किलोमिटरको हुने छ । एक टिममा चार खेलाडी सहभागी हुने र उमेर १८ बर्षभन्दा माथिको हुनुपर्ने उहाले जानकारी दिनुभयो । 

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले १ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछ ।

यसैगरी दोस्रो हुने टोलीलाई एक लाख, तेस्रोलाई ७५ हजार, चौथोलाई २५ हजार र पाँचौँलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताईएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update