Public Pana

प्रहरीले काडमाडौंको तीनकुनेको काठ गोदाममा भएको सामूहिक हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । 

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्ड भएपनि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो ।

तीनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए ।आरोपित सञ्जयले नवीन राईसितको रिसिइबीले चारजनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए  ।

नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरील जनाएको छ ।

नवीन राईको हत्या गरेपछि त्यहा रहेका अन्यले प्रहरीलाई बताउने डरले अन्य तीनजनाको पनि हत्य गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

उहाले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा पक्राउ गरेको बताउनुभयो । 

शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update