Public Pana

गैर आवासीय नेपालीलाई नागरिकता दिनेगरी नियमावली मन्त्रिपरिषद्ले पास गरेको छ ।

अस्ति शुक्रबार भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गैर आवासीय नेपालीलाई राजनीतिक बाहेकका अधिकार प्रदान गरी नियमावली स्वीकृत गरेको हो । 
 

‘नेपाल नागरिकता तेस्रो संसोधन नियमाली २०८० स्वीकृत’ मन्त्रिपरिषद् बैठकका निर्णयमा भनिएको छ ।
 

गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्रि केसीले सरकारले नागरिकता दिने गरी बनाएको नियमावली स्वीकृत गरेको बताए । 
 

एनआरएनएले स्थापना कालदेखीनै गैर आवासीय नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था गर्न माग गर्दै आएको थियो । 
 

‘हामी २० वर्षदेखी गैर आवासीय नेपालीले नागरिकता पाउनुपर्छ भन्दै आएका छौं,’ अध्यक्ष केसीले भने, ‘संघ स्थापनाको एउटा ठूलो उपलब्धी हो ।’
 

केसीले अक्टुबरमा हुने ११ औं अधिवेशनमा राष्ट्रपतिको हातबाट नागरिकता दिने उद्देश्य राखेको बताए । 
 

‘मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘अब राष्ट्रपति वा प्रधानमन्त्रीबाट सांकेतिक रुपमा एक जनालाई अधिवेशनको बेला नागरिकता दिई सुरुवात हुन्छ ।’
 

२०७९ असार २४ गते संसदमा संशोधन विधेयक दर्ता भएपनि २०८० जेठ १७ गतेमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।

त्यसअघि तत्कालिन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ८ बुँदे असहमति राखेर विधेयक संसदमा पठाएकी थिइन् ।  
 

तर संसदले राष्ट्रपतिले उठाएको विषय सम्बोधन नगरी पुन पासगरी प्रमाणीकरणका लागि पठाएको थियो। भण्डारीले विधेयक प्रमाणीकरण नगरी थन्काइन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update