Public Pana
प्रधानमन्त्री प्रचण्डलाई न्यूयोर्कमा राष्ट्रसंघका स्थायी प्रतिनिधिद्धारा स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्क पुगेका छन् ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन हिजो शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आज आइतबार न्युयोर्क पुगेको हो । 


प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ. केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर स्वागत गरेका छन् । 


प्रधानमन्त्री प्रचण्डले असोज ४ गते ७८ औं महासभालाई सम्बोधन गर्नेछन् ।


प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ ।


चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update