Public Pana
 सुन प्रकरणमा २९ जना प्रतिवादी बनाउँदै अभियोगपत्र दायर, साढे ३ अर्ब बिगो

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६१ किलो सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ । 

२९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो ।
 

प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत बुधबार सरकारी वकिल कार्यालयमा ३५ दिनको अनुसन्धानपछि रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो।

१८ जना फरार रहेको सीआइबीले जनाएको छ । 

फरारमध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका छन् ।

सीआइबीले ३ सय ६२ किलो सुन तस्करी भएको भन्दै ५० जनालाई प्रतिवादी बनाएको थियो ।

जसमा ३२ जना पक्राउ परेका थिए । प्रहरीले २६ जनाविरुद्द मुद्दा चलाउन राय दिएको थियो ।


 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update