Public Pana
श्रीलंकाको खराब प्रदर्शन, गुमायो छैठौं विकेट, १७ रन मात्र  : एसीसी खेल

एसिया कपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाले छैठौं विकेट गुमाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले सातौं ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १७ रन मात्र जोडेको छ । 

चौथो ओभरको पहिलो, तेस्रो, चौथो र छैठौं बलमा लगातार श्रीलंकाले महत्वपूर्ण ४ विकेट गुमाएको छ। त्यस्तै, दशुन सनाका ५ औं ओभरको चौथो बलमा आउट भए।

भारतका मोहम्मद सिराजले श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको ब्याटिङ लय ध्वस्त बनाएका हुन्। उनैले चौथो ओभरमा ४ विकेट हात पारे।

श्रीलंकाका कुसल परेरा, सदीरा सम्रविकर्मा, धनन्जय शिल्भा, चरिथ आशालं,का एकै ओभरमा लगातार आउट भएका हुन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update