Public Pana
एसीसी खेल शुरु हुँदै, श्रीलंकाले लगातार गुमायो ५ विकेट

खेल मैदानमा पानी परेकाले टस सकिने वित्तिकै केहिबेर खेल रोकिएको थियो । अहिले खेल शुरु हुँदा श्रीलंका दबाबमा परेको देखिएको छ । 

एसिया कपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको श्रीलंकाले लगातार ५ विकेट गुमाएको छ। 
 

टस जितेर पहिले ब्याटिङ गरिरहेको श्रीलंकाले चौथो ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १२ रन मात्र जोडेको छ । 
 

यो समाचार तयार पार्दासम्म लगातार श्रीलंकाले महत्वपूर्ण ४ विकेट गुमाएको छ । 
 

भारतका मोहम्मद सिराजले श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको ब्याटिङ लय ध्वस्त बनाएका हुन्। उनैले चौथो ओभरमा ४ विकेट हात पारे ।
 

श्रीलंकाका कुसल परेरा, सदीरा सम्रविकर्मा, धनन्जय शिल्भा, चरिथ आशालंका एकै ओभरमा लगातार आउट भएका हुन् । 
 

त्यसअघि पाथुम आशंका पहिलो ओभरमै पवेलियन फर्केका थिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update