Public Pana

नेकपा एमालेका सांसद योगेश भट्टराईले अनाधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्रिबितरण भइरहेको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।

आज आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले सम्बन्धीत मन्त्रालय र आयल निगमसंग अनुमति नलिई केहि कम्पनीहरुले बढि तौलका खाना पकाउने ग्यास बिक्रिबितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढि तौलको ग्यास बिक्रि बितरणको बिषयमा सरोकारवाला निकायसंग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।

बढि तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलव २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्द उनले यसले ठूलो दुर्घटना निम्ताउन सक्ने धारणा राखे  ।

उनले ग्यासका कारण हुने दुर्घटनाको क्षतिपूर्ति पनि प्रभावकारी हुन नसकेको जिकिर गरे ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update