Public Pana

भक्तपुरको कटुञ्जेस्थीत गणेशमान सिंह स्मृति बाटिका परिसरमा लौहपुरुष गणेशमान सिंहको १२ फिट अग्लो ढलोटको प्रतिमा निर्माण गरिएको छ । 

पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले २०५४ सालमा शिलान्यास गर्नुभएको गणेशमान सिंह स्मृति बाटिका परिसर निर्माण गरिएको लौहपुरुष गणेशमान सिंहको प्रतिमाको पर्सि असोज २ गते राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण गर्ने कार्यक्रम छ ।

गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना समितिले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै अनावरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

गणेशमान सिंहको २६ औं स्मृति दिवसका अवसरमा अनवरण गर्न लागिएको शालिकको तौल १२ सय किलो रहको र सालिक निर्माण गर्न रु एक करोड १५ लाख खर्च भइसकेको गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका महासचिव कृष्ण मुरारी न्यौपानले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update