Public Pana
शेयर बजारमा कारोबार रकम उकालो, २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार

कारोबार हुने साताको पहिलो दिन आज आइतबार  शेयर बजार घटेर राताम्मे भएको छ । 

शेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र मेन्छियाम हाइड्रोपावर कम्पनी तथा बुङ्गोल इनर्जी कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । 

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
 

बजार राताम्मे भए पनि कारोबार रकम भने उकालो लागेको छ । 

आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख ५९ हजार कित्ता शेयर कारोबार भएका छन् । 

७२ हजार चार सय वटा कारोबारमा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २७ करोड ५४ लाख र रिलायबल नेपाल लाइफ इन्सुरेन्सको २४ करोड ५२ लाख रुपैयाँको शेयर खरिद-बिक्री भएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update