Public Pana
अमेरिकाबाट हुलाक मार्फत नेपालमा गाँजा तस्करी, सिलबन्दीभित्रको लागूऔषध किन कसैले हेरेन ?

तस्करहरुले अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइन नेपाल ल्याउन सफल भएका छन् । उक्त तस्करीमा संलग्नको आरोपमा प्रहरीले १० जना पक्राउ गरेको छ । 
    
लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ ।
    
उनीहरुमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ । पक्राउ परेकाहरुलाई आज सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।    
    
प्रहरीका अनुसार अमेरिकाबाट हुलाकमार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा नौ सय ग्राम गाँजा बरामद गरिएको हो ।

उक्त कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगञ्जका डल्लुराम र सोही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो ।  

यसअघि पनि यही प्रक्रियाबाट लागूऔषद्य नेपाल आइपुगेको हुन सक्ने प्रहरीको आशंका छ । कस्तो अचम्म बिमानबाट दिउँसै क्वीण्टल सुन तस्करी सजिलै भइरहेका बेला हुलाकबाट लागूऔषंध सफल रुपमा नेपाल आइपुग्नेले नेपालको सुरक्षा संयन्त्र र सम्बन्धित निकायको कार्यसम्पादनमा कतिसम्म लार्पवाही हुन्छ भन्ने पुष्टी गरेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update