Public Pana
टस जितेको श्रीलंका इण्डियाविरुद्ध व्याटिङका लागि कुदै, बर्षाले खेल अझै शुरु हुन सकेन


एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकाले पहिले भारतविरुद्ध ब्याटिङ गर्ने भएको छ । 
 

मैदान कोलोम्बोमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । 
तर अहिले स्टेडियम क्षेत्रमा पानी परेपछि खेल अघि बढ्न सकेको छैन । टस भइसकेपछि पानी पर्न थालेको हो ।

पिच भिज्ने भएपछि अहिले मैदानमा त्रिपाल हालेर छोपिएकको छ ।
खेलाडीहरु पानी रोकिएर खेल सुरु हुने प्रतिक्षामा छन् ।

यसअघि श्रीलंकामा भएका एसिया कपका अन्य खेल पनि पानीले पटक पटक प्रभावित भएका थिए । 
 

फाइनललमा श्रीलंकाको टोलीमा दुई परिवर्तन गरेको छ । 
थिकसनाको स्थानमा अलराउण्डर दुशान हेमन्थाले लिएका छन्। कसुन राजिथाले पुनरागमन गरेका छन्। 
 

भारतले भने बंगलादेशसँगको टोलीमा ६ खेलाडी परिवर्तन गरेको छ। भारतको कप्तानी रोहित शर्माले गर्दा श्रीलंकाको कमानी भने दासुन शानकाले गर्नेछन् ।
 

श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै सातौं पटक एसिया कपको उपाधि जित्न चाहान्छ । 
पछिल्लो पाँच खेललाई हेर्ने हो भने चार खेलमा भारत अपराजित छ ।

एक खेलमा श्रीलंकाले कोलोम्बोमा नै भारतलाइ डिएल मेथडमा ३ विकेटले हराएको थियो ।

त्यसपछिका बाँकी खेलमा भारत अपराजित छ । 
 

श्रीलंकामा कुसल परेरा, पाथुम निसान्का, कुसल मेन्डिस (विकेट किपर), सदिरा समाराविक्रमा, चरिथ असालान्का, धनन्जया डि सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेलालेज, दुशन हेमन्थ, माथाना, कसुन रजिथा प्लेइङ ११ मा छन् ।
 

यस्तै भारतको समुहमा रोहित शर्मा (कप्तान), शुभमन गिल,  विराट कोहली, केएल राहुल (विकेटकीपर),इशान किशन, हार्दिक पाण्ड्या,रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, जसप्रित बुमराह रहेको एसीसीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update