Public Pana

हेटौडाका चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेका चिकित्सक प्रतिनिधी र सरकारी पक्षबीच बार्ता भइरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरिरहेको हो।

अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित सरकारी वार्ताटोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव सदस्य छन्  ।

वार्तामा चिकित्सकमाथी आक्रमण गर्ने दोषीमाथी कारवाही गरि भविष्यमा चिकित्सक र स्वास्थ्यकर्मीमाथी सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग चिकित्सक संघले अघि सारेको छ ।

सम्भवत दुवै पक्षबीच आजै सहमति भई स्वास्थ्य सेवा सुचारु गराउने गरि छलफल सकारात्मक रुपमा अघि बढेको संघका एक पदाधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update