Public Pana
गैरीगाउँमा भएको ४ जनाको हत्या एकै व्यक्तिले गरेको निर्णय

काठमाडौंको गैरीगाउँमा गत शुक्रबार राति चार जनाको हत्या एकै व्यक्तिले गरेको निष्कर्ष सहित निर्णय गरेको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा आइतबार विहान पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको प्रहरीले आज आइतबार निश्कर्ष निकालेको हो । 

उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा प्रकाउ गर्दै सोधपुछ गरेको प्रहरीले जनाएको छ ।

गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।

उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको थियो ।

घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो ।

तर उनको संलग्नता नखुलेको प्रहरीको भनाई छ । उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका थिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update