Public Pana
महालेखाले ठहर गरेको बेरुजु लेखा समितिले उठाउने  !

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले महालेखाको ४४ देखि ६० औं प्रतिवेदनसम्म अध्ययन हुन नसकेको भन्दै बिभिन्न उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।

२१ वटा मन्त्रालय र २० वटा संवैधनिक आयोगको बेरुजु अध्ययन गर्न समितिले बिभिन्न ९ वटा कलष्टर छुट्टाएर उपसमिति बनाएको छ ।

बेरुजु सम्परीक्षण उपसमितिले गम्भीर प्रकृति, सामान्य प्रकृति लगाएतका बेरुजु छुट्टाएर थप अध्ययन गर्ने सभापति पोखरेलले बताउनुभयो ।

हरेक बर्ष बेरुजु बढ्दै गएको अवस्थामा यसको कारणका बारेमा पनि अध्ययन गरिने समितिले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update