Public Pana
एसिया कप उपाधिका लागि  भारत र श्रींलका भिड्दै

एसिया कप उपाधिका लागि आज भारत र श्रींलका आमनेसामने हुँदैछन् ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अहिले सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका भिड्न लागेका हुन । 

सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तान र बंगलादेशलाई हराउँदै श्रीलंका फाइनल पुगेका कारण उनीहरुको भेट फाइनमा पक्का भएको हो । 

सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो। पाकिस्तान र श्रीलंकमाथि विजयी भएर बंगलादेशसँग पराजित भएपनि  भारत सुपर फोरको शीर्षस्थान कायम गर्दै फाइनल पुगेको हो।

एसिया कप शुरु भएयता भारतले सर्वाधिक ७ पटक उपाधि जितिसकेको छ भने श्रींलका पनि ६ पटकको उपाधि बिजेता हो ।

दुवै टोली उपाधि होडमा निकै प्रभावशाली हुने आंकलन खेल बिश्लेषकले गरेका छन । 
एशिया कपमा पहिलो पटक नेपालले समेत प्रतिस्पर्धा गरेको थियो ।

पाकिस्तानसँगको खेलमा केही कमजोर देखिएको नेपाली टोलीले बिश्वविजेता भारतसँग भने निकै शुन्दर एवं दमदार खेल खेलेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update