Public Pana
बाँकेको कोहलपुर कुसुम सडकखण्डमा ठुलो बिष्फोट, मानवीय क्षति हुन पाएन

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर कुसुम सडक खण्डमा बम बिष्फोट भएको छ । 
बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा बम विस्फोटक भएपछि सडक तिरको एक भागमा ठुलो खाडल परेको छ । 
सुरक्षा अधिकारीका अनुसा द्धन्दकालिन समयमा बिद्रोही पक्षले राखेको विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ । बिष्फोटका क्रममा सडकमा कुनै सवारी नआएका कारण ठुलो क्षति हुनबाट रोकिएको प्रहरीले जनाएको छ ।

उक्त बिष्फोटका क्रममा सडकमा सवारी साधन परेको भए ठुलो मानवीय क्षति हुने थियो, घटनास्थल पुगेका प्रहरी अधिकारीले भने संयोगवंस कोही नभएको बेला उक्त बिष्फोट भयो र मानवीय क्षति टरयो ।बिष्फोटपछि  नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । 
विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो र फलामको टुक्रा  फेला परेको शंम्शेरगंजस्थित शसस्त्र प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update