Public Pana
माफी मिनाहाको आधार खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र

माफी मिनाहाको सिफारिस भएका ३४ जनाका हकमा राष्ट्रपति कार्यालयले चासो राखेको छ ।

राष्ट्रपतिकार्यालयले त्यस्ता ब्यक्तिहरुलाई माफी मिनाहा गर्नुपर्नाको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
 

गृह मन्त्रालयले मन्त्रिपरिषद बाट निर्णय भएको बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा चासो राखेर स्पष्ट हुन खोजेको हो।
 

शीतलनिवासका अनुसार गृहले पठाएको थप सूचीमा उनीहरूलाई माफी दिनुपर्ने कारण पनि उल्लेख गरिएको छैन ।
 

त्यसकारण उनीहरूलाई माफी दिनुपर्ने कारण खुलाउन शीतलनिवासले गृह मन्त्रालयलाई पत्राचार गरेको हो । 
 

राष्ट्रपति कार्यालयले ३४ जनाकै व्यक्तिगत विवरण समेत मागेको छ ।
 

सरकारले संविधान दिवस असोज ३ गतेका अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिँदैछ ।

कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको हो ।
 

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो । 
 

अस्ति शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
 

मन्त्रिपरिषदको निर्णयमा भने राष्ट्रपति कार्यालयले पास गर्नुपर्छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update