Public Pana
एसिया कप क्रिक्रेट फाइनल आज

एसिया कप क्रिक्रेटको आज फाइनल खेल हुँदैछ ।

फाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गदैछन् । भारत र श्रीलंकाबीच एसिया कपमा फाइनलमा १३ वर्ष पछि भेट भएको हो ।
 

भारत र श्रीलंकाका टीमका बीचमा एकदिवसिय खेलमा १६६ पटक आमने सामने भेट भईसकेको छ । जसमा भारत हावी हुँदैं आईरहेको छ । भारतले त्यसमध्ये अहिलेसम्म ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ पटक मात्र जितेको छ ।
 

११ पटकको नतिजा आएको थिएन । एउटा खेल भने बराबरी भएको थियो । श्रीलंकाको कोलम्बोको केआर प्रमदासा खेल मैदानमा खेल हुँदैछ ।
 

भरत सुपर ४ मा पहिलो स्थानमा र श्रीलंका दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् । बंगलादेश तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेका थिए ।
 

भारत यो खेल जितेर आठौं पटक एसिया कप जितेर च्याम्पियन हुन चाहिरहेको छ ।

उसले पछिल्लो पटक २०१८ मा रोहित शर्माको कप्तानीमा खेलेको खेल जितेर च्याम्पियन बनेको थियो । 
 

श्रीलंका पनि यो खेल जितेर चौथो पटक एसिया कप उचाल्न आतुर देखिएको छ ।
 

भारत र श्रीलंकाको एसिया कप फाइनलमा १३ सालपछि प्रतिस्पर्धा हुन लागेको हो । दुई टिमका बीचमा एसिया कप फाइनलमा पछिल्लो पटक सन् २०१० मा प्रतिस्पर्धा भएको थियो । 
 

उक्त खेलमा भारतले जितेको थियो । भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा खेलेको उक्त खेलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गरेको थियो ।
 

भारत र श्रीलंकाका बीचमा फाइनलमै भने यो नवौं पटकको भेट हो । जसमध्ये ५ पटक भारतले खेल जितेको थियो । तीन पटक श्रीलंकाले जीत निकालेको छ ।
 

आजको खेल कसले जित्छ दुवै देशका लागि मात्र होइन, क्रिक्रेट प्रेमीका लागि पनि निक्कै चासो छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update