Public Pana
गोहीको आक्रमणबाट १ जनाको मृत्यु

चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोल बस्ने ४४ वर्षीय फगुना महतो रहेका छन् ।

हिजो शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । 

उनका अनुसार महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update