Public Pana
नेपालमा आंशिकदेखि सामान्य बदली रहने

देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ ।
 

आज बिहान सातवटै प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 

केही भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।
 

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 
 

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा साथै देशका बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 
 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । 
 

नेपालमा अहिले भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update