Public Pana
देशभरका स्वास्थ्य संस्था आज बन्द

स्वास्थ्यकर्मीहरुको संगठन नेपाल चिकित्सक संघले आज आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।
 

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा गत भदौं २७ मा दुई चिकित्सक कुटिएपछि चिकित्सक संघले विरोधमा देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न लागेको हो ।
 

यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै जनाएको छ।
 

घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको अल्टिमेटम’ दिएको थियो ।
 

दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो ।
 

देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update