Public Pana
आज विश्व ओजन तह बचाउ दिवस मनाईयो

मोन्ट्रियल प्रोटोकल : फिक्सिङ द ओजन लियर एण्ड रिड्युसिङ क्लाइमेट चेन्ज नारा सहित यो वर्षको विश्व ओजन तह बचाउ दिवस मनाइएको छ ।

यस वर्षको नाराले जलवायु परिवर्तनमा मोन्ट्रियल प्रोटोकलको सकारात्मक प्रभाव, ओजोन रिकभरी ट्र्याकमा छ र किगाली संशोधन मार्फत कसरी जलवायु चुनौतीहरूलाई समर्थन गर्न सकिन्छ भन्ने वैज्ञानिक मूल्याङ्कन प्यानलले हालै गरेको खोजलाई फेरि दर्साएको छ । 

पृथ्वीमा भएका प्राणीहरूको रक्षाका लागि विश्वव्यापी सहकार्यको आव्हानका साथ यस दिवस विश्वभर मनाइएको हो । 

पछिल्लो समय पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । 
यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ ।

मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ ।

हानिकारक तत्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । 

विश्व ओजोन दिवस सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्वहरूको उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षर गरेकाले सन् १९९५ देखि मनाँईदै आएको हो ।
यस दिवसको सबैलाई शुभकामना

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update