Public Pana
बिपीको विचारलाई छाडेर महामानव बनाउनु अन्याय हो :  गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन् ।

आज शनिवार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए ।

थापाले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेकोजस्तो पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे ।

उनले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको बताए । 

उनले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपीमाथिको अन्याय भएको बताए । 

थापाले यसको प्रायश्चितमा काँग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको बताए ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update