Public Pana
ट्याङ्करको ठक्करबाट २ जनाको मृत्यु

सिन्धुपाल्चोकमा पेट्रोल बोक्ने ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
आज शनिबार चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । 

 

अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङ्करले बा प्र. ०२–०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
 

दुर्घटना हुँदा मोटरसाइकल चालक पाँच पोखरी थाङपाल गाउँपालिका–१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र पछाडि सवार मेलम्ची नगरपालिका जरायोटार पाण्डे गाउँ बस्ने २७ वर्षीय निविन पाण्डेको मृत्यु भएको हो । 
 

दुर्घटना भएपछि उनीहरू गम्भीर घाइते थिए। उपचारका लागि उद्धार गरी धुलिखेल अस्पतालमा पुर्याइएको थियो ।
 

उपचारको क्रममा उनीहरूको दिउँसो ३ बजे मृत्यु भएको कार्यालयले जनाएको छ ।
ठक्कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २८ वर्षीय भिमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update