Public Pana
ललितपुरका छात्राले दिए आश्रमका ४६ बालबालिकालाई जुत्ता र खेलकुदका सामग्री

ललितपुरका दुई छात्राले काठमाडौंको तारकेश्वर नगरपालिका–३ का ठूलागाउँ आँपचौरमा सञ्चालित बालगृहका बालबालिकालाई जुत्ता र खेलकुद सामग्री वितरण गरेका छन् ।

ललितपुरको युलेन्स स्कुलमा कक्षा–१० मा अध्ययनरत नमामी आचार्य र दिव्यानसी शाहले आज शनिबार मातृ नेपाल बालगृहका ४६ बालबालिकालाई जुत्ता र खेल सामग्री वितरण गरेका हुन् । 

आफ्नै विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालयको खेलकुद विभाग, नोटरी क्लब अफ नागार्जुन र नेपाल

जुत्ता फैक्टरीको सहयोगमा सामग्री संकलन गरिएको आचार्यले बताइन् ।
नमामीले आफू र साथी शाह स्कुल छुट्टीका दिन आफ्ना बाबु व्यवसायी सुदीप आचार्यसँग घुम्न आउँदा आश्रम देखेकी थिइन् ।

एक महिनायता हरेक सार्वजनिक बिदाका दिन नमामी र उनकी साथीले आश्रममा रहेका बालबालिकालाई अंग्रेजी भाषा सिकाउने गरेका छन् ।  

सिन्धुपाल्चोक मेलम्चीका नरबहादुर राउतको अभिभावकत्वमा सञ्चालित आश्रममा विभिन्न उमेर समूहका गरी ४६ बालबालिका छन् ।

उनीहरु स्थानीय नागार्जुन ठूलागाँउ माविमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यनरत छन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update