Public Pana

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा एमाले सम्पर्क समन्वय कमिटीले शोक सभा गरेको छ । 
 

आज शनिबार एमाले मुख्यालय च्यासलमा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभाको आयोजना गरिएको हो ।
 

शोक सभामा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा नेम्वाङ मुलुकलाई अपरिहार्य व्यक्ति भएको भन्दै उहाको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति पुगेको बताए । 
 

उनले संविधान निर्माण गर्ने क्रममा मुलुकमा जातिय, क्षेत्रिय बिभाजनको प्रयास गरिएको अवस्थामा सवैलाई एकतावद्ध बनाउन नेम्वाङको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।
 

भदौ २६ गते हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update