Public Pana
अन्तरिक्षमा एलियनहरू रहेको नासाको दाबी

अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा एलियनहरू रहेको नासाले दाबी गरेको छ । 

एलियन, यूएफओ र यूएपीजस्ता विषयमा विश्वको सबैभन्दा ठूलो प्रतिवेदन सार्वजनिक गरेको छ ।  गत वर्ष, अज्ञात उडान वस्तु (यूएफओ) सम्बन्धी मुद्दाहरूको छानबिन गर्न एक स्वतन्त्र समिति गठन गरिएको थियो ।

टोलीमा समावेश विज्ञहरू भन्छन् कि उनीहरूले यूएफओका लागि एलियनहरू जिम्मेवार छन् भन्ने कुनै प्रमाण फेला पारेका छैनन् । 

तर, नासाले यस्तो सम्भावनालाई अस्वीकार नगरेको पनि बताएको छ। यसको मतलब नासाले कुनै प्रमाण फेला नपारेपनि आकाशमा देखिएका यूएफओहरू एलियनसँग सम्बन्धित हुन सक्छन् ।

३६ पृष्ठको यो प्रतिवेदन प्रस्तुत गरिएको हो । प्रतिवेदनमा एलियनको बारेमा कुनै ठोस प्रमाण छैन । तर नासाले त्यस्ता घटनाहरूको अनुसन्धानमा कसरी प्रविधि र एआई प्रयोग गर्न सकिन्छ भन्ने बताइएको छ ।

रिपोर्टमा भनिएको छ कि यूएपी (अन आइडेन्टिफाइड एरियल फेनोमेना) लाई एलियन्ससँग जोड्ने कुनै कारण छैन ।

प्रतिवेदनको अन्त्यमा त्यस्ता वस्तुहरू हाम्रो सौर्यमण्डल हुँदै पृथ्वीसम्म पुग्न सक्ने सम्भावना पनि व्यक्त गरिएको छ ।
एक वर्षसम्म चलेको उक्त अध्ययनमा करिब एक लाख अमेरिकी डलर खर्च भएको थियो। प्रतिवेदन वासिङ्टनस्थित नासाको मुख्यालयमा जारी गरिएको हो ।

यूएफओ र एलियनसँग सम्बन्धित अधिकांश समाचारहरू अमेरिकाबाट आउँछन्।

अमेरिकी वायुसेनाका धेरै वरिष्ठ अधिकारीहरू र ग्राउन्ड ड्युटीसँग सम्बन्धित व्यक्तिहरूले यूएफओ देखेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update