Public Pana
बालबालिकाको गोपनीयता हननको आरोपमा टिकटकलाई ३५० मिलियन युरो जरिवाना

बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा टिकटकलाई युरोपमा ठूलो जरिवाना गरिएको छ ।
 

आयरल्याण्डको डाटा संरक्षण आयोग (डीपीसी) शुक्रबार टिकटकलाई कम्पनीले बालबालिकााहरूको डाटा कसरी प्रशोधन गर्ने तरिका लागि ३५० मिलियन युरो जरिवाना घोषणा गरेको अन्तराष्ट्रिय समाचार सस्थाहरुले जनाएका छन् ।
 

यो जरिवाना २०२१ मा घोषणा गरिएको डीपीसीको अनुसन्धान पछि लगाइएको हो । जसमा युरोपको जनरल डाटा प्रोटेक्शन रेगुलेसन (जीडीपीआर) कानूनहरूसँग टिकटकको अनुपालनलाई हेरिएको थियो ।

पोलिटिकोको गत अगस्टमा डीपीसीले आफ्नो दण्ड जारी गर्ने तयारी गरिरहेको थियो भनेर रिपोर्ट गरेको थियो ।
 

जाँच केही टिकटक फिचर्समा केन्द्रित थियो । जसमा डिफल्ट अकाउन्ट सेटिङ, फ्यामेली प्यरिङ सेटिङ र एज भेरिफिकेसन रहेको थियो ।
 

युरोपेली डाटा प्रोटेक्शन बोर्डसँग परामर्श गरिसकेपछि, डीपीएसले पत्ता लगाएको थियो कि टिकटकले बालबालिकाहरुको अकाउन्टहरू प्लेटफर्ममा साइन अप गर्दा डिफल्ट रूपमा सार्वजनिक रूपमा सेट गरेको छ ।

यसको मतलब यो हो कि बालबालिकाका भिडियोहरू डिफल्ट रूपमा सार्वजनिक रूपमा हेर्न मिल्ने थिए ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update