Public Pana
मोरङस्थित पोखरीमा डुबेर २ बालिकाको मृत्यु

मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको आज शनिबार मृत्यु भएको छ ।
 

ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार स्थानीय बासिन्दाले फेला पारेका थिए ।
 

कोसी अस्पतालमा लगिएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update