Public Pana

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपालमा शान्ति प्रक्रिया सफल भइसकेको दाबी गरेका छन् । 
 

आज शनिबार पार्टीले काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता सापकोटाले शान्ति प्रक्रिया सुरु भएयता चारपटक निर्वाचन भइसकेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुगेको घोषणा गर्न मात्र बाँकी रहेको बताएका हुन् ।   
 

‘शान्ति प्रक्रिया नेपालको मौलिक हो, शान्ति प्रक्रिया सफल भइसक्यो, शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन भइसक्यो, सेना समायोजन र अरू धेरै काम भइसके, अब निष्कर्षमा पुराउन र घोषणा गर्न बाँकी मात्र हो ।’ 
 

तर यसलाई टुंगोमा पुराउन नदिन विभिन्न खेल भइरहेको आरोप उनले लगाए । 
 

शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मात्रै बाँकी रहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update