Public Pana
सिनेमा ‘डिग्री माइला  :  एमए थर्ड क्लास’को शुभ मुहूर्त

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा  ‘डिग्री माइला : एमए थर्ड क्लास’को शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको छ । 
 

सिनेमाको शुभ मुहूर्त समारोहमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकारहरु दयाहाङ र आँचलका अलावा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित थिए । 
 

सिनेमाको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेदेखि ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ। दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ । 
 

बाँसुरी फिल्म्स् प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा शैक्षिक बेरोजगारीले युवामा ल्याएको निराशामा आधारित हुनेछ ।
 

आगामी नयाँ वर्ष २०८१ को मा सिनेमा प्रदर्शन गरिने घोषणा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update