Public Pana
प्रधानमन्त्री आज अमेरिका जाँदै, उतैबाट चीन जाने

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका भ्रमणमा जाँदै छन ्।
 

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोर्क प्रस्थान गर्ने भएका हुन्। उनी साँझ ६ बजेको त्यसतर्फ उड्नेछन् ।
 

प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन्। परराष्ट्रमन्त्री साउद भने यसअगाडी नै न्यूर्याक पुगिसकेका छन् ।
 

आज भने प्रधानमन्त्री, प्रधानमन्त्रीका स्वकिय सचिव समेत रहेकी छोरी गंगा, सुरक्षाकर्मी र फोटो पत्रकार प्रदीपराज वन्त मात्रै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
 

उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।
 

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
 

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते उतैबाछ चीन जाने कार्यक्रम छ ।
 

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update