Public Pana
टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा

अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा राखिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका छात्रा, छात्रले ट्रफीको भव्य रुपमा स्वागत गरे भने  स्थानीयवासीले बाजागाजासहित ट्रफीको स्वागत गरे ।

ट्रफी भ्रमणमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्व कप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास पनि भ्रमणमा सहभागी छन् । ट्रफीसँग विभिन्न विद्यालयका छात्र, छात्राले अवलोकन गरे । 

विश्वकप क्रिकेटको ट्रफी सोमवार नेपाल आईपुगेको थियो । क्रिकेट विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपालमा ल्याइएको थियो भने ट्वान्टी–२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याईएको हो ।

इङ्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकपको ट्रफी नेपालको काठमाडौं र पोखरा पुर्‍याइएको थियो । युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी नेपाल ल्याइएको क्यानले जनाएको छ । क्रिकेट प्रवद्र्धनको लक्ष्यसहित विभिन्न राष्ट्रमा ट्रफी भ्रमण गराउने आईसिसि निर्णयसँगै नेपालमा ल्याएको हो ।

पालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले जानकारी दिएको छ ।

विश्वकपको आयोजनाको १०० दिने गणना अनुसार विभिन्न राष्ट्रमा भ्रमण गराउने लक्ष्य ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ । निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । ट्वान्टी–२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुँदैछ । १६ राष्ट्रको सहभागिता रहने प्रतियोगिता अस्ट्रेलियाका विभिन्न ७ शहरमा हुने तालिका छ।

RG_BHAKTAPUR_WORLDCUP_CRICKET1661957972.jpg

RG_BHAKTAPUR_WORLDCUP_CRICKET1661958004.jpg

304834634_458283716328014_2099227386222742628_n1661958051.jpg

304555074_458283672994685_9022635511705456754_n1661958054.jpg

303362115_458283556328030_4043369555201989894_n1661958058.jpg

ROS_KTM_PMDEUBA_TRAFY (1)1661958069.jpg

304859927_458283382994714_6539362210162255006_n1661958065.jpg

304340380_458283416328044_7304983032096949653_n1661958063.jpg

302666536_458283276328058_2484265093108709160_n1661958058.jpg

304777423_458283236328062_7088221420909071588_n1661958069.jpg

RG_BHAKTAPUR_WORLCUPTRUFY1661958076.jpg

RG_BHAKTAPUR_TRAFY1661958081.jpg

RG_BHAKTAPUR_ICCCRICKET-TROFFY1661958086.jpg

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update