Public Pana
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

हिजो शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । 

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
pp1694826659.jpg

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update