Public Pana
काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या

काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । 
 

धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।
 

हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् ।
 

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् ।

यस्तै मोरङका १९ वर्षका नवीन राई रहेको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले मेरोन्यूजलाई जानकारी लिए । कुमार दिव्य सः मिलको सुरक्षा गार्ड रहेको प्रहरीले बताएको छ । 
 

घटना गएराति ११ : ५५ बजे घटेको एआईजी थापाले जानकारी दिए ।
 

धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

उनीहरू चारै जनाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको  छ । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update