Public Pana
सूर्यभन्दा १ लाख गुणा ठूलो ब्ल्याक होलले तारालाई निल्यो !

अन्तरिक्ष वैज्ञानिकहरुले एउटा अचम्मको घटना पत्ता लगाएका छन् ।

खगोलविद्हरूले सूर्य जस्तो तारा मरिरहेको देखेका छन्, जसलाई ब्ल्याक होलले बारम्बार टुक्रा पारेको थियो।

अर्थात् तारा टुक्रामा बाँडियो र त्यसलाई पटक पटक निलियो !
 

यो ब्ल्याक होल ५० करोड प्रकाश वर्ष टाढा रहेको बताइएको छ। यस घटनाको समयमा, प्रत्येक २५ दिनमा विस्फोट जस्तै बत्तीहरू देखियो। जसका कारण

अनुसन्धानकर्ताहरुको ध्यान यसतर्फ आकर्षित भएको थियो ।
ब्ल्याक होल अन्तरिक्षको संसारमा एक रहस्य विषय हो । यसको भित्र के छ कसैलाई थाहा छैन।

भनिन्छ ब्ल्याक होलबाट कुनै पनि वस्तु वा आकाशीय पिण्ड बाहिर जान सक्दैन। अब एउटा ब्ल्याक होलले सूर्य जस्तै तारालाई निलेको अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन्।

अचम्मको कुरा त यो तारा टुक्रा टुक्रा भएर निलियो ।
 

द गार्डियनको रिपोर्टकाअनुसार युनिभर्सिटी अफ लिसेस्टरका अनुसन्धानकर्ताहरूले हरेक २५ दिनमा एउटा निकै चम्किरहेको प्रकाश देखे।

भनिन्छ कि जब ब्ल्याक होलले तारालाई निल्छ, बाहिर प्रकाश फुट्छ जसलाई टाइडल डिस्प्रेसन भनिन्छ।

तर यस घटनामा ब्ल्याक होल बाहिर बारम्बार प्रकाश चम्किरहेको देखिएको थियो।

जसले ब्ल्याकहोलले त्यो तारालाई टुक्रा–टुक्रा पारेर निलेको गरेको खुलासा भयो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update