Public Pana
कञ्चनपुरमा शिक्षकहरूले जलाए प्रस्तावित शिक्षा विधेयक

कञ्चनपुरमा शिक्षकहरूले प्रस्तावित शिक्षा विधेयक जलाएका छन्।

विधेयक शिक्षकको हकहित भन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको भन्दै शुक्रबार शिक्षकहरूले विधेयक जलाएका हुन ।  
 

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरको प्राङ्गणमै विधेयक जलाइएको नेपाल राहत शिक्षक समिति केन्द्रीय सह वरिष्ठ अध्यक्ष नविन सिह धामीले बताए। विधेयक शिक्षक, कर्मचारीको हित विपरित भएको उनको भनाइ छ । 
 

यो सांकेतिक आन्दोलन मात्रै भएको बताउँदै उनले असोज ३ गतेबाट आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
 

बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान साविक उच्च मावि स्थायी सबै शिक्षकविरोध विधेयक खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको उनले बाताए। 
 

नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस विरुद्धमा देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update