Public Pana
गृहमन्त्री देखिए पदकमा 

नेपाल सरकारले संविधान दिवसको अवसर पारेर राष्ट्रका लागि योगदान गरेका व्यक्तिहरूलाई मानवी, पदक, विभूषण र अलंकार प्रदान गर्छ । 
 

देशका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूलाई राष्ट्रपतिबाट प्रदान हुने गरेको पदक पछिल्ला दिन विवादमा पर्न थालेका थिए ।
 

आफ्ना नजिकका व्यक्ति छानेर पदक दिन सिफारिस गर्ने, योगदान नै नगरेका व्यक्तिलाई पदक दिलाउने, हुँदै नभएको योगदान भनेर झुटो विवरण पेश गर्न क्रम बढेको थियो । 
त्यही भएर कतिपयले पदक बहिस्कारको घोषणा समेत गरेका थिए । 

 

पदक पाउनेहरू पनि खुसी नहुने र राज्यको करोडौं लगानी खेर जाने अवस्था देखिएपछि यसपटक सरकारले कुनै पदक वितरण नगर्ने भएको छ ।
 

आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पदक वितरणलाई व्यवस्थित बनाएर मात्र वितरण गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update