Public Pana
बीआरआई परियोजनालाई अघि बढाउने बिषयमा प्रधानमन्त्रीले चीनसँग कुरा राख्नुपर्छ : नेता पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनालाई अघि बढाउने बिषयमा कुरा राख्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमति अनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसंग कुरा गर्नुपर्ने बताउनुभएको हो ।

त्यस्तै भारतमा मात्रै बिजली बेच्दा नेपाललाई दवावमा राख्न सक्ने भएकाले चीनमा पनि बिजुली बेच्नका लागि ट्रान्समिसन लाइन निर्माणमा जोड दिनुपर्ने उहाले बताउनुभयो । उहाले चीनबाट नेपालमा आउन तीन–चार वटा नाकालाई सहज रुपमा सञ्चालनका लागि प्रधानमन्त्रीले चीनसंग कुरा गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले दुवै मित्रराष्ट्रसंग राम्रो सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाले भारतसंग खुल्ला सीमा, रितिरिवाज समान भएपनि चीनसंग पनि समान व्यवहारका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा देशको राष्ट्रियता कायम गर्दै महत्वपूर्ण छलफल हुने बताउनुभयो । उहाले क्रसबोर्डर कनेन्टीभिटी, व्यापार पारावाहनका क्षेत्रमा चीनसंग महत्वपूर्ण समझदारी बन्ने आशा व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा र त्यसपछि चीनको भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैहुनुहुन्छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update