Public Pana
२७ जनालाई श्रीमान बनाउन न्यायपरिषद्को सिफारिस

नयाँ प्रधानन्याधीश बिश्म्भर प्रसाद श्रेष्ठ नेतृत्वको न्यायपरिषद्ले  २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।  आज शुक्रबार बसेको परिषदको बैठकले १८ जना जिल्ला न्यायाशीसहित २७ जनालाई उच्चको न्यायाधीशमा सिफारिस गरेको हो । 
परिषद्का अनुसार वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका नायव महान्यायाधीवक्ता  श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखिएको छ । 
 सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट १।१  जना सिफारिस भएका छन् । यो सिफारिसमा ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका छन् ।
परिषदले भट्टराईपछि विभिन्न जिल्ला अदालतमा कार्यरत १८ जना न्यायाधीशलाई उपल्लो वरीयतामा पर्ने गरी सिफारिस गरेको छ ।

हेनुहोस परिषद्ले उच्चमा सिफारिस गरेकाहरुको नामावली

Nayadish Niyukta1694774727.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update