Public Pana
छक्का पञ्जाका निर्देशक निर्माता दीपक, दीपा र निर्मल बने फिल्म हलका मालिक

कलाकार, निर्माता तथा निर्देशकहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले चलचित्र हल सञ्चालनमा ल्याएका छन् । 
 

नयाँ बानेश्वरस्थित उक्त  ‘आइएनआई सिनेमाज’को आज शुक्रबार एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।

हल उद्घाटनमा दिपक भावुक हुँदै आफूले सिनेमाबाहेक अरु केही नजानेको उल्लेख गरे ।

१० करोड रुपैयाँमा हल बनेको जानकारी दिदै उनले साउन्ड सिस्टमसहित यसमा अत्याधुनिक प्रविधि राखिएको दाबी गरे ।
चलचित्र निर्माता तथा निर्देशकसमेत रहेका दीपक–दीपा र निर्मलले सञ्चालनमा ल्याएको यस हलमा २ पर्दा छन् । दुवैमा २१० र १७७ सिट रहेका छन् । 

चलचित्र निर्माताबाट हल मालिक बनेका दीपक नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने जानकारी दिए । 

अहिले नेपाली चलचित्रले पहिलो साता ५०, दोश्रो साता ४५, तेश्रो साता ४० र त्यसपछि ३५ प्रतिशत  शेयर पाउँछन् ।

आइएनआईले नेपाली चलचित्रलाई सिधै ५० प्रतिशत नै शेयर दिने भएको जनाएको छ । 

film- 11694761354.jpg

film1694761333.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update