Public Pana
भूमि आयोगले देशका विभिन्न स्थानमा सुकुम्बासीको लगत संकलन गर्ने : सूचना

राष्ट्रिय भूमि आयोगले देशका ३२ जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने भएको छ । 
 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रदान गर्ने उद्देश्यले लगत संकलन गर्न लागिएको आयोगले जनाएको छ । 
भूमि आयोगले आज एक सूचना प्रकाशित गर्दै २९ भदौ (आज) देखि ३५ दिन भित्रमा निवेदन आह्वान गरेको छ । 

 

तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलकमार्फत् भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन लिइने आयोगले जनाएको छ । 
 

‘राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि देहाय अनुसारका स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति भदौ २९ गतेबाट ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलकमार्फत पेस गर्नु हुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ आयोगको सूचनामा भनिएको छ ।
 

आयोगले ३२ जिल्लाका स्थानीय तह तोकेरै ती ठाउँमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीसँग निवेदन माग गरेको हो ।
सूचना :

bhumi1694748252.jpg

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update