Public Pana
आज राष्ट्रिय बाल दिवस : प्रधानमन्त्री प्रचण्डको  शुभकामना

आज राष्ट्रिय बाल दिवस । बालबालिकालाई प्राथमिकता दिएर सुन्ने र मुस्कुराएर कुरा गर्ने बानी नै महत्वपूर्ण छ ।
 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाल दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 
 

मुलुकी देवानी संहिता ऐन २०७४ अनुसार १८ वर्ष मुनिका कलिला मनहरूलाई बालबालिका भनेर परिभाषित गरेको छ । 
 

बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ ।
 

अभिभावकले बच्चाहरूलाई स्कुल पठाएपछि सबै शिक्षाको जिम्मेवारी स्कुलले लिइदिओस् भन्ने ठान्नु गलत हो ।
 

घरबाटै बालबालिकाकोे भावनात्मक बुझाइ र सोही अनुसारको सिकाइ स्कुलमा भन्दा घरमा प्रभावकारी हुनेमा भुल्नु हुदैन ।
 

आज सबै विद्यालयमा विभिन्न कार्यक्रम गरि बालदिवस मनाउने गर्छन् ।
 

बालदिवसको अवसरमा सबैलाई शुभकामना 
प्रधानमन्त्रीको  शुभकामना 

bal- pm1694746387.jpgjchild--1691921640.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update