Public Pana
पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनलमा श्रीलंका

डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ।

बिहीबार श्रीलंकाले सुपर–४ मा पाकिस्तानलाई दुई विकेटले हराउँदै फाइनल पुगेको हो ।

फाइनलमा अब उसले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार एसिया कपको फाइनल खेल हुनेछ ।

श्रीलंका र पाकिस्तानवीचको खेल निक्कै रोमाञ्चक थियो । कोलम्बोको आर प्रेमदासा स्टेडियमा टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले सात विकेटको क्षतिमा २५२ रन बनाएको थियो ।
 

डीएलएस मेथड अन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो। श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update