Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीका लागि घोषणा गरिएका पुरस्कार शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले निकासा गर्ने बताउनुभएको छ । 

चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई विदाई गर्न बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केहि प्राविधिक र नीतिका कारण घोषित पुरस्कार निकासामा ढिलाई नभएको भन्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सवै रकम निकासा गर्ने बताउनुभएको हो ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने पनि बताउनुभयो । 

असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछन् ।

जसमा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update